मेरुदण्ड पक्षघात संघ काभ्रेले गर्‍यो गोष्ठी

बनेपा । मेरुदण्ड पक्षघात संघ काभ्रेले अपाङ्गता भएका व्यक्तिहरुकाे नीति तथा अधिकार सम्बन्धि गोष्ठी गरेकाे छ ।

संघले बनेपा नगरपालिकाकाे सहयाेगमा अपाङ्गता भएका व्यक्तिहरुलाई नीति तथा अधिकार सम्बन्धि १ दिने गोष्ठी संचालन गरेकाे हाे ।

शुक्रबार बनेपामा भएकाे उक्त कार्यक्रममा ४८ जना विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिका साथै अभिभावकहरूको सहभागी रहेकाे थियाे । बनेपा नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष शुभ लक्ष्मी मानन्धरकाे प्रमुख आतिथ्यतामा भएकाे गाेष्ठीमा नेपाल अपाङ्ग महिला संघकी महासचिव पम्फा पुर्कोटी र नेपाल अपाङ्ग बहिरा संघकी संयोजक कृष्ण प्यारी नकर्मीले कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रम मेरुदण्ड पक्षघात संघ काभ्रेका अध्यक्ष महेश्वर थापाकाे अध्यक्षतामा भएकाे थियाे ।