घट्याे पेट्रोलियम पदार्थको मूल्य
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल / मट्टितेलको मूल्य घटाएको हाे । निगमका अनुसार साबिकको खुद्रा बिक्री मूल्यमा पेट्रोल तथा डिजेल / मट्टितेलमा पहिलो, दोस्रो तथा तेस्रो वर्गका लागि प्रतिलिटर क्रमशः ७.५० रुपैयाँ, ६ रुपैयाँ र ५ रुपैयाँले घटाइएको छ ।
साथै निगमले साबिकको आन्तरिकतर्फको हवाई इन्धनमा प्रति लिटर १४ रुपैयाँ तथा अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको खुद्रा बिक्री मूल्यमा प्रति किलो लिटर अमेरिकी डलर ११५ ले घटाइएको जनाएको छ ।
साथै, खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत रहेको छ ।
जसअनुसार पेट्रोल भारतसँगको सीमावर्ती क्षेत्रमा प्रतिलिटर १६७ रुपैयाँ ५० पैसादेखि काठमाडौं पोखरा र दिपायल क्षेत्रमा १७० रुपैयाँसम्म कायम भएको छ । डिजेल र मट्टितेलमा १४७ रुपैयाँ ५० पैसादेखि १५० रुपैयाँसम्म मूल्य कायम भएको छ ।
यस्तो मूल्य निगमको डिपोबाट १५ किलोटरसम्मको क्षेत्रमा लागु हुन्छ । भारतीय आयल कर्पोरेसन लिमिटेडबाट १६ आसरमा प्राप्त भएको नयाँ खरिद मूल्यसूचीका आधारमा यस्तो निर्णय भएको हो ।