पनौतीकाे १३ औं नगर सभा, १ अर्ब ५० करोड बजेट विनियोजन

पनैती । पनौती नगरपालिकाको १३ औं नगर सभा सम्पन्न भएकाे छ ।

सभाले नगरपालिकाको आन्तरिक आय ४० करोड ७१ लाख, राजश्व बाँडफाँडबाट २० करोड ९ लाख, नेपाल सरकारको वित्तीय हस्तान्तरण, बागमती प्रदेश सरकारको वित्तीय हस्तान्तरण र जन सहभागितासहितकाे १ अर्ब ५० करोड बजेट विनियोजन गरेको छ ।

सोमबार भएकाे पनौती नगरपालिकाको १३ औं नगर सभाले २०८०/२०८१ को नीति तथा कार्यक्रम र अर्थ विधेयक, विनियोजन विधेयक तथा आय ब्यवसहितको बजेट पास गरेकाे छ । यस्तै, सभाले २०७९/२०८० को वार्षिक प्रतिवेदनका साथै नगरपालिकाले गरेका निर्णयहरु समेत अनुमोदन गरेको छ ।

सभामा नगर प्रमुख रामशरण भण्डारीले नीति तथा कार्यक्रम र उपप्रमुख गीता बञ्जाराले बजेट तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

नगरपालिकाले सुशासन तथा संस्थागत विकास, शिक्षा, युवा तथा खेलकुद, स्वास्थ्य, कृषि, पशु विकास, महिला तथा बालबालिका, बालमैत्री स्थानीय शासन पद्धति, पूर्वाधार विकास, सम्पदा, वन, वातावरण, पर्यटन विकास, सहकारी, पञ्जिकरण तथा सामाजिक सुरक्षा, विपद् व्यवस्थापन, सूचना तथा प्रविधि, प्राकृतिक श्रोत व्यवस्थापन, सार्वजनिक सम्पत्ति उपयोग तथा संरक्षण र प्रधानमन्त्री रोजगार सेवा कार्यक्रम सम्बन्धि योजना र कार्यक्रमका बिषयमा नीति तथा कार्यक्रममा उल्लेख गरेकाे छ ।