विश्व जनसंख्या दिवसमा अन्तरक्रिया

धुलिखेल । लैङ्गिक समानतालाई बनाऔ अपरिहार्य रिवाज: सम्भावनाकाे ढाेका खाेल्न सुनाैं महिलाका आवाज” भन्ने नाराका साथ स्वास्थ्य कार्यालय काभ्रेपलान्चोकले अन्तरक्रिया गरेकाे छ ।

कार्यालयले विश्व जनसंख्या दिवस २०८० (जुलाई ११, २०२३) काे अवसरमा जनसंख्या तथा स्वास्थ्य बिषयक अन्तरक्रिया कार्यक्रम गरेकाे हाे ।

मंगलबार धुलिखेलमा भएकाे जनसंख्या तथा स्वास्थ्य बिषयक अन्तरक्रिया कार्यक्रम जिल्ला समन्वय समिति काभ्रेपलान्चोकका प्रमुख दिपक कुमार गाैतमकाे प्रमुख आतिथ्यतामा भएकाे थियाे । कार्यक्रममा बाेल्दै प्रमुख आतिथि गाैतमले लैङ्गिक समानताका बिषयमा ध्यान दिनु पर्ने र जिल्लाकाे बजेट बनाउदा लैङ्गिक समानताका बारेमा प्राथमिकतामा राख्नु पर्ने बताए । यस्ता कार्यमा जिल्ला समन्वय समितिले समन्वय गर्नेछ, उनले भने ।

बजेट बनाँदा १३ वटै पालिकाहरूले आफ्नो पालिकाकाे अवस्था कहाँ छ र कुन धरातलमा छ भन्ने राम्रोसँग जानेर कार्यक्रम बनाएकाे खण्डमा उपलब्धि हासिल गर्न सकिने भन्दै उनले लैङ्गिक समानतालाई बनाऔ अपरिहार्य रिवाज: सम्भावनाकाे ढाेका खाेल्न सुनाैं महिलाका आवाज” भन्ने नारा जस्तै महिलाका आवाज समेटिनु पर्ने बताएका छन् । साथै, गाैतमले महिलाकाे कुरा सुन्ने प्रेरणा मिलाेस भन्दै जनसंख्या दिवसकाे शुभकामना दिए ।

तथ्यांक कार्यालय काभ्रेपलान्चोककाे प्राविधिक सहयाेगमा भएकाे साे कार्यक्रम स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. पुरूषाेत्तम राज सेढाईकाे अध्यक्षतामा भएकाे थियाे । कार्यक्रममा स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. सेढाईले जनसंख्या तथा स्वास्थ्य बिषयमा प्रस्तुतिकरण गरेका थिए ।