प्रधानमन्त्री प्रचण्ड पत्नी दाहालको निधन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो ।

‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित सीता दाहाल लामो समयदेखि ओछ्यान परेकी थिइन् । अहिले भने उनलाई हृदयघात भएको थियो । उनकाे ८ बजेर ३३ मिनेटमा मृत घोषणा गरिएको अस्पतालले जनाएकाे छ । उनको आजै अन्त्येष्टि गरिने भएको छ । बुधबार दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएकाे छ ।

अन्तिम संस्कार अघि दाहालको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि ११ बजेदेखि १ बजेसम्म नेकपा माओवादी केन्द्रको पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिने बताईएकाे छ । उनी माओवादी केन्द्रकाे सल्लाहकार थिइन् ।