प्रधानमन्त्री प्रचण्डसँगै दुई छोरीले दिए सीता दाहाललाई दागबत्ती
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपत्नी सीता दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।
बुधबार बिहान निधन भएकी दाहालको बुधबार दिउँसो पशुपति आर्यघाटमा हिन्दु संस्कार अनुसार अन्तिम संस्कार गरिएको हो । उनलाई पति पुष्पकमल दाहाल प्रचण्ड र दुई छोरी रेणु र गंगा दाहालले दागबत्ती दिएका हुन् । दाहालको बुधबार बिहान नर्भिक अस्पतालमा निधन भएको थियो ।
सीता दाहालको राष्ट्रिय सम्मानका साथ दाहसंस्कार गरिएको हो । बुधबार बसेको मन्त्रिपरिषद बैठकले दाहालको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गरिने निर्णय गरेको थियाे ।
दिवंगत सीता दाहालको अन्त्येष्टिको समयमा राजकीय सम्मानस्वरुप नेपाली सेनाको दुई सेनामुख स्कर्टप्रति सहसेनानीको एक टुकडीद्वारा सलामी दिइएकाे थियाे ।