प्याब्सन काभ्रेले उच्चतम जिपिए ल्याउनेलाई सम्मान गर्ने

बनेपा । निजी तथा आवसीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) काभ्रेले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उच्चतम जिपिए ल्याउनेलाई सम्मान गर्ने भएकाे छ ।

बिगत वर्षहरूमा जस्तै काभ्रे प्याब्सनले यस वर्ष पनि एसईई २०७९ मा उच्चतम जिपिए हासिल गर्ने परीक्षार्थी, बिषयगत रूपमा उच्चतम औसत जिपिए ल्याउने विद्यालयहरूका विषय शिक्षक तथा शिक्षिकाहरू र कुल जिपिएकाे उच्चतम औसत जिपिए हासिल गर्न सफल विद्यालयलाई सम्मान तथा बधाई कार्यक्रम गर्ने भएकाे हाे ।

एसईई २०७९ सम्मान तथा बधाई कार्यक्रम आगामी श्रावण ५ गते हुने शुक्रबार बनेपामा आयाेजित पत्रकार सम्मेलनमा बताईएकाे छ । जिल्लाका १३ स्थानीय पालिका मध्ये ९ वटा पालिकाहरूमा प्याब्सनका सदस्य विद्यालयहरू संचालनमा रहेकाे कार्यक्रममा जनाईएकाे छ । जस मध्ये ७ वटा पालिकाका ५१ वटा सदस्य विद्यालयहरूबाट एसईई २०७९ मा जम्मा १ हजार ४ सय ६३ जना परीक्षार्थीहरू समावेश समावेश भएका थिए । जिल्लामा जम्मा ६ हजार १ सय ४५ जना परीक्षार्थीहरू परीक्षामा सामेल भएका थिए ।

आगामी श्रावण ५ गते आयाेजना हुने एसईई २०७९ सम्मान तथा बधाई कार्यक्रममा ३.६५ देखि ३.९५ जिपिए सम्म ल्याउने २ सय ९१ जना, जिल्ला भरमा उच्चतम जिपिए ३.९५ ल्याउने १२ जना भध्ये प्याब्सन काभ्रे अन्तर्गत ७ वटा ९ जना रहेका छन् ।

साथै, विषयगत रूपमा उच्चतम औसत जिपिए हासिल गर्न सफल १० वटा विद्यालयका विषय शिक्षक तथा शिक्षिकाहरू र कुल जिपिएकाे उच्चतम औसत जिपिए हासिल गर्न सफल १ विद्यालयलाई सम्मान गरिने प्याब्सन काभ्रेका अध्यक्ष श्याम बहादुर भुजेलले बताए ।