दुना, टपरी बनाउन आधुनिक प्रविधी

नमोबुद्ध । काभ्रेको नमोबुद्ध नगरपाालिकाले दुना, टपरी बनाउने कामलाई व्यवसायिक बनाउनका लागि आधुनिक प्रविधी सम्बन्धिकाे तालिम सञ्चालन गरेकाे छ ।

नमोबुद्ध नगरपाालिकाले घरायसी प्रयोजनको लागि बनाउदै आएको दुना, टपरी बनाउने कामलाई व्यवसायिक रूपमा अगाडि बढाउनका लागि प्रविधी (मेसिन) काे प्रयाेग सम्बन्धि तालिम सञ्चालन गरेको हाे ।

पालिकाले मेसिनकाे प्रयाेग गर्दै सालको पातबाट दुना, टपरी, बोता लगायत सामाग्री बनाउनको लागि ४ दिने तालिम दिईएकाे महिला बालबालिका तथा समाज कल्याण उपशाखा प्रमुख तारादेवी सुनुवारले बताईन् । उनले पालिकाकाे वडा नम्बर ३, ४ र ५ का १५ जना महिलालाई तालिम दिएको जानकारी दिईन् ।

तालिमको समापन समारोहमा बाेल्दै प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद शर्मा, नगर प्रवक्ता एवं वडा नं ६ का अध्यक्ष टिकाबहादुर केसी लगायतले स्थानीय स्तरमा पाइने सामाग्री र प्रविधीको प्रयोग गरेर व्यवसायिक उत्पादन गरी आयआर्जन गर्न र उत्पादनलाई निरन्तरता दिन अनुरोध गरेका छन् ।