पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू: घट्यो सार्वजनिक यातायातको भाडा
काठमाडौँ । पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू भएसँगै सार्वजनिक यातायातको भाडा घटेको छ ।
पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू भएसँगै पेट्रोलियम पदार्थकाे मूल्य घटेपछि यातायात व्यवस्था विभागले पनि सार्वजनिक यातायातको भाडा समायोजन गरेको हाे ।
स्वचालित प्रणालीअनुसार डिजेलमा प्रतिलिटर ४ र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ घटेको थियो । यससंगै त्यसैलाई आधार बनाएर यातायात व्यवस्था विभागले यात्रुवाहक सवारी साधनमा २.१३ प्रतिशत, मालवाहक पहाडमा २.७८ र तराईमा ३.०९ प्रतिशतले भाडा घटाएको घटाएको जनाएकाे छ ।