धुलिखेलअस्पतालमा पनि सामाजिक सुरक्षा काेषबाट स्वास्थ उपचार सेवा
काभ्रेपलान्चोक । काभ्रेपलान्चोककाे धुलिखेलमा रहेकाे धुलिखेल अस्पतालले सामाजिक सुरक्षा काेषबाट उपचार सेवा दिने भएको छ ।
नेपाल सरकारले सुरु गरेको याेगदानमा आधारित सामाजिक सुरक्षा काेषबाट धुलिखेल अस्पतालले बिरामीहरुकाे लागि उपचार सेवा दिने भएको हाे । सरकारले थालनी गरेकाे स्वास्थ बिमाकाे उपचार सेवा दिइरहेका अस्पतालले सामाजिक सुरक्षा काेषमा आबद्धहरुलाई पनि स्वास्थ सेवा दिने भएको हो ।
अस्पतालका अनुसार योगदानमा आधारित सामाजिक सुरक्षा कोषले तोकेका अस्पतालमा उपचार गराउँदा मात्र उक्त काेषबाट उपचारकाे व्यवस्था हुने साेमबार आयाेजित पत्रकार सम्मेलनमा बताईएकाे छ ।
याेगदानमा आधारित सामाजिक सुरक्षा काेषबाट सेवाग्राहीले उपचारका लागि आफुले लागतकाे २० प्रतिशत तिर्नु पर्ने र बाँकी ८० प्रतिशत सामाजिक सुरक्षा काेषले अस्पताललाई भुक्तानी गर्ने अस्पतालका प्रशासकीय प्रमुख प्रधुम्न श्रेष्ठले बताए । उनका अनुसार सामाजिक सुरक्षा काेष मार्फत गरिने स्वास्थ उपचारमा १ लाख २५ हजार बराबरको सेवा पाइने छ ।
देश भरीमा ५५ वटा अस्पतालले दिइरहेकाे सामाजिक सुरक्षा काेष मार्फतकाे स्वास्थ उपचार सेवा अब धुलिखेल अस्पतालबाट पनि हुने भएकाे हाे । उक्त सामाजिक सुरक्षा काेष मार्फत नेपाल सरकारले ताेकेकाे दिर्धकालिन राेगहरुकाे लागि १० लाख बराबर उपचारकाे व्यवस्था गरेको छ।
यस्तै, परिवार भित्रकै शिशुकाे लागि भने जन्म भएको ३ महिना सम्म निशुल्क स्वास्थ सेवाकाे व्यवस्था रहेकाे समेत जनाईएकाे छ ।