एमाले बागमती प्रदेश कमिटी सदस्य र जिल्ला सचिवालय सदस्य माओवादीमा प्रवेश
काभ्रेपलाञ्चोक । नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य नारायण बानियाँ (दिपेश) र नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य नकुल पराजुली नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् ।
नेपाल निर्माणको लागि नेकपा माओवादीको विकल्प नरहेको भन्दै उनीहरू पार्टी प्रवेश गरेका हुन् ।
बुधबार माओवादी केन्द्रको जिल्ला पार्टी कार्यालय बनेपामा भएको पार्टी प्रवेश कार्यक्रममा नवप्रवेशीहरू लाई माओवादी केन्द्रको केन्द्रिय सदस्य एवं काभ्रे जिल्ला इन्चार्ज माननीय सूर्यमान दोङ (लालध्वज) र माओवादी बागमती प्रदेश पार्टी अध्यक्ष माननीय सरल सहयात्री‚ बागमती प्रदेश सांसद रत्न ढकालको उपस्थितिमा पार्टी प्रवेश गराइएको थियो ।