पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि , ग्यासको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

भारतबाट मूल्यसूची बढेर आएपछि निगमले आज राती १२ बजेदेखि लागू हुने गरेर पेट्रोल र डिजेलको मूल्य बढाएको हो ।

निगमले पेट्रोलको मूल्य प्रतिलिटर ९ रुपैयाँ, डिजेल र मट्टितेलमा ७ रुपैयाँ बढाएको छ भने एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डर १३० रुपैयाँ घटाएको छ । निगमले मंगलबार विज्ञप्ति जारी गर्दै इन्डियन आयल कर्पोरेसनबाट नयाँ मूल्य सूची बढेर आयपछि स्वचालित मूल्य प्रणाली अनुसार बढाएको बताएकाे छ । यससंगै, अब पेट्रोलको मूल्य प्रतिलिटर पहिलो वर्गमा १७०, दोस्रो वर्गमा १७२ र तेस्रो वर्गमा १७३ रुपैयाँ पुगेको छ । साथै, डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गमा १५०, दोस्रोमा १५२ र तेस्रो वर्गमा १५३ रुपैयाँ कायम भएको छ ।

त्यस्तै, एलपी ग्यासको मूल्य प्रतिलिण्डिर १६६० मा झरेको छ । यसअघि एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १७९० रुपैयाँ थियो भने हवाई इन्धनको मूल्य हाललाई यथावत् रहेकाे छ ।