प्रधानन्यायाधीशमा विश्वम्भर प्रसाद श्रेष्ठको नाम सिफारिस

काठमाडौँ । वरिष्ठ न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठलाई संवैधानिक परिषद्काे बैठकले प्रधानन्यायाधीशमा सिफारिस गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार साँझ बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतको आगामी प्रधानन्यायाधीशका लागि श्रेष्ठको नाम सिफारिस गरेको हो । बैठकले यही साउन २० गतेबाट रिक्त हुने प्रधानन्यायाधीशको पदमा नियुक्तिका लागि श्रेष्ठको नाम सिफारिस गर्ने निर्णय गरेकाे हाे ।

साउन २० गतेबाट प्रधानन्यायाधीश हरिकृष्ण कार्की उमेरहदका कारण अनिवार्य अवकाशमा जाँदै छन् ।