मध्यरातमा लुटपाट, दुई जना पक्राउ

राेशी । काभ्रेको रोशी गाउँपालिका वडा नम्बर ५ डुम्बलमा शुक्रबार मध्यराती लुटपाट भएको छ ।

डुम्बलमा रहेको कामी सिङ्ग लामाको घरमा अन्दाजी ३ जना अनुहारमा खादा बेरेको अपरिचित ब्यक्तिहरु प्रबेश गरि घरेलु हतियार प्रयोग गरि घर धनीलाई कुटपिट गरि लुटपाट गरेका हुन् । उनीहरूले रड र घरेलु हतियार प्रयोग गरि कामी सिङ्ग लामाका श्रीमान श्रीमतीलाई कुटपिट गरि सुन र नागद लुटेर भाग्ने क्रममा रोशी गाउँपालिका वडा नम्बर ६ नवल घर भएका बुद्ध घिसिङ र रोशि गाँउपालिकाकै वडा नम्बर ८ खार्पाचोक घर बताउने २ ब्यक्तिलाई स्थानीयले पक्राउ गरेर प्रहरीलाई बुझाएका छन् ।

लुटपाटमा उनीहरुले प्रयोग गरेको मोटरसाइकल र स्कुटर समेत स्थानीयहरुले घेराहाली पक्राउ गरेर प्रहरी चौकी कटुन्जेबेशिलाई जिम्मा लगाएका छन् ।

लुटपाटको क्रम्मा घाइते भएका श्रीमान र श्रीमतीको धुलिखेल अस्पतालमा उपचार भैरहेको छ । लुटपाट भएको घरमा श्रीमान र श्रीमती मात्र रहेको प्रहरीले जनाएको छ ।

साथै, लुटपाट घटनामा पक्राउ गरिएकाहरु माथी थप अनुसन्धान भइ रहेको प्रहरीले बताएकाे छ ।