काभ्रेमा संचारिका समूह गठन
काभ्रेपलान्चोक । पत्रकार महिलालाई थप सशक्त र एकजुट बनाउनका लागि काभ्रेपलान्चोकमा संचारिका समूह गठन भएकाे छ ।
शनिबार बनेपामा भएकाे भेलाले सुनिता सापकोटाकाे अध्यक्षतामा ९ सदस्यीय समूह गठन गरेको छ ।
समूहकाे उपाध्यक्षमा सम्झना हुमागाई, महासचिवमा ज्योती श्रेष्ठ, सह- सचिवमा अञ्जली तामाङ, कोषाध्यक्षमा मालती कुवर चयन भएका छन् ।
यस्तै, सदस्यहरुमा सीता काफ्ले, बिपाशना शाक्य, काजल तामाङ र सोभा हुमागाई चयन भएका छन् ।