नमोबुद्धका सबै स्वास्थ्य संस्थामा स्वास्थ्य सामाग्री हस्तान्तरण

भकुण्डेवेशी । नमोबुद्ध नगरपालिकाका सबै स्वास्थ्य संस्थामा अक्सिजन कन्सन्ट्रेटर लगायतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।

स्वास्थ्य सेवा विभाग मार्फत नगरपालिकाका सबै स्वास्थ्य संस्थामा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हाे । हस्तान्तरण गरिएका स्वास्थ्य सामाग्रीमा अक्सिजन कन्सन्ट्रेटर २ वटा, पल्स अक्सिमिटर ३ वटा, सिटामोल ३ हजार चक्की, आइरन चक्की १२ हजार, सर्जिकल माक्स ४ हजार थान र एन ९५ माक्स २ हजार पिस रहेकाे बताईएकाे छ ।

नगर प्रमुख कुनसाङ लामाले आइतबार नै ती स्वास्थ्य सामाग्री सम्बन्धित स्वास्थ्य संस्था प्रमुखलाई हस्तान्तरण गरेका छन् ।

श्वासप्रश्वासका विरामी बढ्दै गएको र कोरोना लगायतको जोखिम उत्तिकै रहेको भन्दै ती सामाग्री उपयोगी हुने भन्दै नगर प्रमुख लामाले समन्वय गर्ने र प्रदान गर्ने सबैमा आभार प्रकट गरेका छन् ।