देविटार स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

धुलिखेल । धुलिखेल नगरपालिका वडा नम्बर १ स्थित देविटार स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।

स्वास्थ्य सेवा विभागबाट प्राप्त अक्सिजन कन्सन्ट्रेटर ५ वटा, पल्स अक्सिमिटर ५ वटा, ५ थान थर्ममिटर, सिटामोल २ हजार चक्की, आइरन चक्की १० हजार, सर्जिकल माक्स ६ हजार थान र एन ९५ माक्स ४ हजार थान र नाभी मलम १ हजार थान देविटार स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको हाे ।

धुलिखेल नगरपालिकाका उपप्रमुख निराजन जंगमको पहलमा स्वास्थ्य सेवा विभागबाट प्राप्त स्वास्थ्य सामाग्री धुलिखेल नगरपालिकाका वडा नम्बर १ का अध्यक्ष सन्तबहादुर तामाङको उपस्थितीमा स्वास्थ्य चौकी प्रमुख झलक दर्लामीलाई हस्तान्तरण गरिएको छ ।

स्वास्थ्य सामाग्रीको लागि समाजसेवी रघुनाथ धिताल, अनुप लामिछाने, सजय तामाङ लगायतले समन्वय गरेका थिए ।

नगर उप्रमुख निराजन जंगमले समन्वय गर्ने र सहयोग प्रदान गर्ने सबैमा आभार प्रकट गरेका छन् । हस्तान्तरण कार्यक्रममा वडा सदस्य चन्द्रमाया तामाङ, दिपक घोरसाइने लगायतको सहभागिता थियो ।