शारदाबतासे स्वास्थ्यचौकीलाई स्वास्थ्य सामाग्री

धुलिखेल । धुलिखेल नगरपालिका वडा नम्बर १० स्थित शारदाबतासे स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।

धुलिखेल नगरपालिकाका उपप्रमुख निराजन जंगमको पहलमा स्वास्थ्य सेवा विभागबाट प्राप्त स्वास्थ्य सामाग्री शारदाबतासे स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको हाे ।

स्वास्थ्य सेवा विभागबाट प्राप्त १० लिटरको अक्सिजन कन्सन्ट्रेटर ३ वटा, पल्स अक्सिमिटर ५ वटा, २ थान थर्मल गन, सिटामोल ५ हजार चक्की, आइरन चक्की ४८ हजार, सर्जिकल माक्स ६ हजार थान र एन ९५ माक्स २ हजार थान वडा अध्यक्ष गोविन्दप्रसाद उपाध्यायको उपस्थितीमा स्वास्थ्य चौकी इञ्चार्ज बलराम पौडेललाई हस्तान्तरण गरिएको हो ।

स्वास्थ्य सामाग्रीको लागि समाजसेवी रघुनाथ धिताल, अनुप लामिछाने, चन्द्रबहादुर लामालगायतले समन्वय गरेका थिए ।