१ क्विन्टल परिमाणको भनिएको सुनको तौल ६० किलो ७८९ ग्राममात्रै
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाहिरबाट राजश्व अनुसन्धान विभागले बरामद गरेको १ क्विन्टल परिमाणको भनिएको सुन ब्रेक प्याडबाट निकाल्दा ६० किलो ७ सय ८९ ग्राम भएको पुष्टि भएको छ ।
राजश्व अनुसन्धान विभागले तीन साउनमा सिनामंगलबाट सुनसहितको १५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो । त्यसबेला ब्रेक शुसहितको तौल लिइएको थियो । साेमबार सीआईबी, राजश्व अनुसन्धान विभाग, नेपाल राष्ट्र बैंक र टक्सार कार्यालयका प्रतिनिधिको रोहबरमा उक्त सुन जोखिएको हो ।
ब्रेक शुबाट सुन छुट्टयाएर जोख्दा ६० किलो ७ सय ८९ ग्राममात्रै भएको नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले बताए ।