कक्षा १२ को नतिजा सार्वजनिक
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।
राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म सञ्चालित यस वर्षको परीक्षाको नतिजा मंगलबार सार्वजनिक गरेको हो । उक्त परीक्षामा नियमित र ग्रेडवृद्धि गरी ४ लाख ४८ हजार विद्यार्थी सहभागी भएका थिए । कक्षा १२ को साे परीक्षामा करिब ५१.९१ प्रतिशत मात्र ग्रेडेड अर्थात् उतीर्ण भएका छन् । बोर्डका अनुसार ४९.०९ प्रतिशत भने नन ग्रेडेड भएका छन् ।
राष्ट्रिय परीक्षा बोर्डले ३५ प्रतिशत भन्दा कम अंक ल्याउनेलाई नन ग्रेडेडमा राख्दै आएको छ । नन ग्रेडेडका विद्यार्थीहरूले माथिल्लो तह अध्ययन गर्न पाउने छैनन् । माथिल्लो तह अध्ययनका लागि उनीहरूले पुन: ग्रेडवृद्धिको परीक्षा दिनुपर्नेछ ।