धुलिखेलमा मोटरसाइकल दुर्घटनामा हुँदा एकको मृत्यु
काभ्रेपलान्चोक । अरनिको राजमार्ग अन्तर्गत काभ्रेपलान्चोक जिल्ला धुलिखेल नगरपालिका वडा नम्बर ३ स्थित मिराबेल चोकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बनेपाबाट धुलिखेलतर्फ जाँदै गरेको रा ७ प ७२८८ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको बा २ क २०१९ नम्बरको ट्रकले ठक्कर दिदा प्युठान जिल्लाको धर्मवती गाउँपालिका वडा नम्बर ७ बस्ने बर्ष २७ का सुरज गिरीको मृत्यु भएको प्रहरीले जानएकाे छ ।
ट्रक सहित चालक प्रहरीकाे नियन्त्रणमा रहेको छ ।