आाज नाग पञ्चमी
श्रावण शुक्ल पक्षकाे पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज (साेमबार) मनाइँदै छ ।
परम्परा अनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा नागको तस्बीर टाँसेर नाग पञ्चमी मनाइन्छ । यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहिआएकाे छ ।
यस दिनमा प्रकृति पुजा गर्ने सम्पुर्ण समुदायबाट नागको पूजा गर्ने गरिन्छ । नागको पुजाको साथमा भुमे क्षेत्रपाल देवताको समेत पुजा गर्ने गरीन्छ ।
नागपञ्चमी एक श्रद्धा र विश्वासको पर्व हो यस दिन आठ प्रकारको अष्ट नाग को पुजा गर्ने गरीन्छ। यस दिनमा नागको साथै नाग धारण गर्ने भगवान भोलेनाथको पूजा आराधना पनि गरिन्छ।