रोशीले सामी परियोजना आफै सञ्चालन गर्ने

रोशी । रोशी गाउँपालिकाले सुरक्षित आप्रवासन परियोजना (सामी) आफै सञ्चालन गर्ने भएको छ ।

सिविक फोरम संस्थाको सहजीकरणमा गर्दै आएको परियोजना गाउँपालिका आफैले सञ्चालन गर्ने भएको हो । मंगलबार सेवाप्रदायक संस्था सिविक फोरमले रोशी गाउँपालिकालाई परियोजनाको कागजात हस्तान्तरण गरेका छ ।

गाउँपालिकाका अध्यक्ष दिनेश लामा, उपाध्यक्ष मिमबहादुर वाईवाि (ज्वाला)को उपस्थितीमा सिविक फोरमका प्रतिनिधि वसन्त कुवरले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङलाई परियोजनाको कागजात हस्तान्तरण गरेका हुन् । नेपाल सरकार र स्वीस सरकारबीच सम्पन्‍न द्विपक्षीय सम्झौता अन्तर्गत हेल्भेटास–स्वीस इन्टरको अपरेशनसको प्राविधिक सहयोगमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा वैदेशिक रोजगारका लागि सुरक्षित आप्रवासन ‘सामि’ परियोजना कार्यान्वयन २०७६ सालदेखि रोशीमा सञ्चालन हुदै आएको थियो ।

सामी परियोजनाले बैदेसिक रोजगारीमा रहेका परिवारलाई वित्तिय साक्षरता सम्बन्धी तालिम, मनोसामाजिक परामर्शका साथै बैदेशिक रोजगारीमा जान चाहने युवायुवतीहरूलाई आधारभूत तालिम लगायतको काम गर्दै आएकाे छ ।