पार्टीका कट्टर कार्यकरता छिट्टै नै माओवादीमा फिर्ता हुन्छन् : बिसुन्खे

नाला । जनतासँग माओवादी: विशेष रूपान्तरण अभियान ” जनजनमा माओवादी, घरघरमा माओवादी” अन्तर्गत नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बनेपा नगर समितिले विस्तारित बैठक गरेकाे छ ।

शनिबार गणेश पार्टी प्यालेस नालामा सम्पन्न बनेपा नगरकाे विस्तारित बैठकले आगामी ३ महिने अभियान अन्तर्गत गरिने विभिन्न कार्यक्रमहरूका बारेमा छलफल गर्दै आगामी याेजना समेत तयार गरेकाे छ ।

कार्यक्रममा नेकपा एमाले परित्याग गरि बनेपा नगरपालिका वडा नम्बर २ का झलक प्रसाद घिमिरे, गोकर्ण परियार र राजीव परियार पुनः माओवादी केन्द्रमा फरकिएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि माओवादी केन्द्रीय स्थायी कमिटी सदस्य अञ्जना बिसुन्खेले धर्म निरपेक्षता, समानुपातिक, समावेशी लगायतका उपलब्धि माओवादीका कारण स्थापित भएकाे बताउँदै माओवादी सधै जनतनकाे पक्षमा काम गरिरहेकाे बताईन । उनले लाेडसेडिङकाे अन्त्य जस्ता महत्त्वपूर्ण काम पनि माओवादीकै कारण भएकाे बताईन ।

संगठनलाई चुस्त दुरुस्त बनाएर युवालाई उत्साहित बनाउनु आजकाे आवश्यकता हाे । जनता बिग्रेकाे हाेईन अहिले पार्टीमा कार्यकर्ता बिग्रेकाे हाे । पार्टी सहि तरिकाले फेरिनु पर्नेमा बराब तरिकाले फेरिएकाेले पनि याे अभियान हाे । अब हामीले जनताका साथै कार्यकरतामा विश्वास दिलाउनु पर्छ । याे संगै अन्य पार्टीमा गएका कट्टर कार्यकरता छिट्टै नै माओवादी पार्टीमा फिर्ता हुनुहुन्छ । हामी आत्मानिर्भर बनाैं र संगठन अनि पार्टी बनाऔं । याे ३ महिने अभियानले बनेपालाई बलियाे बनाउन सक्छौं । उनले भनिन् ।

कार्यक्रममा बाेल्दै माओवादी केन्द्रका केन्द्रीय निर्वाचन आयाेग कमिटिका सदस्य गाेबिन्द बहादुर बटालाले प्रधानमन्त्री प्रचण्ड नेतृत्वकाे वर्तमान सरकारका गृहमन्त्री अहिलेसम्म कै सफल गृहमन्त्री भएकाे ठाेकुका गरेका छन् । अहिले सरकारले भ्रष्टाचार बिरूद्धमा अभियानहरू चाल्दै गर्दा एमाले र कांग्रेसकै नेताहरू गिरफ्तार भइरहेकाेले राजिनामा माग्दै आफू जाेगिन खाेजेकाे बताए ।

उनले पार्टीको विधानमा ताेकिय अनुसारकाे संगठन पूर्ण गर्नका लागि पनि ३ महिनाकाे अभियानमा सक्रिय रूपमा अघि बढ्नु पर्ने भन्दै पार्टीमा निष्क्रिय रहेकाहरूलाई फेरि सक्रिय बनाई संगठनमा संगठित गर्नेछौं, उनले भने । जनजनमा माओवादी, घरघरमा माओवादी अभियान अन्तर्गत सहिद बेपत्ताका परिवारका जानेछाैं । जनताका घर घरमा जानेछाैं । बटालाले थपे ।

यस्तै, बागमती प्रदेश समिति सदस्य मिना पाखरिनले जनतासँग माओवादी: विशेष रूपान्तरण अभियानमाले पार्टीको उद्देश्य प्राप्ति हुने र जनजनमा माओवादी, घरघरमा माओवादी भनेझै अब सबै संगठनहरू चलयमान हुने र माओवादी पार्टी जनताकाे पहिलाे राेजाई हुने बताइन् ।

नगर कमिटिकाे बैठकले उक्त ३ महिने अभियानका लागि विभिन्न कार्यविभाजन समेत गरेकाे छ ।