माओवादी सत्ताको लोभमा नभई जनताको सुसाशनका लागि सरकारमा सहभागि भएको हाे: श्रेष्ठ
पाँचखाल । जनतासँग माओवादी: विशेष रूपान्तरण “जनजनमा माओवादी, घरघरमा माओवादी” अभियान अन्तर्गत नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) पाँचखाल नगर समितिले विस्तारित बैठक गरेकाे छ ।
आइतबार पाँचखालमा सम्पन्न बैठकलाई सम्बाेधन गर्दै माओवादी केन्द्रका केन्द्रिय सदस्य रविन्द्र प्रसाद श्रेष्ठले माओवादी सत्ताको लोभमा सरकारमा गएको नभइ जनताको सुसाशनका लागि सरकारमा सहभागि भएको बताएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका श्रेष्ठले नेकपा एमालेको नीति र विधिका कारण जनतामा जान नसकेकाे बताए । उनले विगतमा यो मुलुक भस्मासुरले चलाएका कारण उनीहरूले गर्दा माओवादीमा पनि थोरै छिटा नलागेको हेइन भन्दै पार्टीमा लागेको छिटा पुछ्नको लागि ३ महिने अभियान चलाएको बताए ।
उनले थपे, माओवादिले कुनै पनि कमिकमजोरी गरेको छैन, धेरै राम्रा कार्यहरु गरेका छौ जुन कुराको जानकारी जनता समक्ष पुर्याउनु पर्ने भएकोले पनि अभियान चलाएको हो । ‘यतिखेर वागको छालामा स्यालको रजाइ भएको छ, माओवादिले १० बर्ष जनयुद्द गरेर हासिल गरेको उपलब्धिमा अन्य दलले जस लिन खोज्नु राम्रो हैन । ०८४ मा माओवादिले राम्रो उपलब्धि हासिल गर्न सकेन भने जनताको अधिकारको रक्षा हुन सक्दैन । त्यही जनताको अधिकारको रक्षाका लागि माओवादिले आफ्ना कार्यहरू अगाडि बढाईरहेकाे छ ।
नेकपा माओवादी केन्द्र पाँचखाल नगर समितका अध्यक्ष एवम् जिल्ला कमिटी सदस्य चेत प्रसाद गौतम (मणि )को अध्यक्षतामा सम्पन्न विस्तारित बैठकले आगामी ३ महिने अभियान अन्तर्गत गरिने विभिन्न कार्यक्रमहरूका बारेमा छलफल गर्दै आगामी योजना समेत तयार गरेको छ ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र बागमती प्रदेश सचिवालय सदस्य एंव काभ्रे जिल्ला सचिव दैवलाल घिसिङले माओवादीले राजतन्त्र उखेल्छौ भन्दै जनयुद्ध सुरु गर्दा कसले विश्वास नगरेकाे भन्दै त्यस्तै अहिले प्रचण्ड नेतृत्वकाे सरकारले भ्रष्टाचारीको फाइल खोल्दै गर्दा पनि विश्वास नगर्नु नौलो नभएकाे बताएका छन् । उनले भने निरन्तर रुपमा पार्टी अगाडि बढ्दै गर्दा नेपाली जनताको हितमा कार्य गर्न सफल भएकाे छ। भ्रष्टाचारीलाइ कारवाही गर्ने क्रममा पार्टीले पक्षपात गर्दैन, देश र जनताको हित विपरित कार्य गर्ने माओवादी नै भएपनि नछाडिने बताए ।