रोशीमा स्वास्थ्य सम्बन्धी समिक्षा गोष्ठी
रोशी । रोशी गाउँपालिका अन्र्तगत रहेका स्वास्थ्य संस्थाहरूको बार्षिक समिक्षा गोष्ठी शुरु भएको छ ।
रोशी गाउँपालिका अन्र्तगत रहेका स्वास्थ्य संस्थाहरूको आर्थिक बर्ष २०७९।०८० को बार्षिक समिक्षा गोष्ठी शुरु भएको हाे । आईतबार पालिकाका अध्यक्ष दिनेश लामाले गोष्ठीको शुभारम्भ गरेका हुन् ।
दुई दिनसम्म चल्ने गोष्टिको उद्घाटन गर्दै अध्यक्ष लामाले राम्रो कामका लागि गाउँपालिकाले गर्नुपर्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । स्वास्थ्यकर्मीहरूको क्षमता बिकासका लागि गाउँपालिकाले सहयोग गर्दै आएको र आगामी दिनमा पनि आवश्यक सहयोग गर्ने लामाको भनाई थियो ।
बालमैत्री पालिका घोषणा गर्नको लागि केही सूचकहरू स्वास्थ्यमा पनि पर्ने भएकाले सूचकहरू पूरा गर्ने गरी काम गर्न प्रमुख प्रसासकिय अधिकृत राम बहादुर तामाङले स्वास्थ्य शाखालाई निर्देशन दिए । यस्तै, जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका जनस्वास्थ्य निरिक्षक दिपेन्द्रकाजी श्रेष्ठले स्वास्थ्य क्षेत्रमा काम गर्दै गर्दा विगतमा भएको गल्ती कमजोरीलाई सुधार्न छलफल मार्फत समिक्षा गर्दै आगामी कार्ययोजना निर्माण गर्नुपर्ने बताए । गल्ती कमजोरीलाई सुधार्ने र राम्रो कामलाई प्रोत्साहन गर्दै अगाडी बढ्नुपर्ने उनको जोड थियो ।
आईतबार र साेमबार चल्ने गाेष्ठीमा गाउँपालिकाका १५ वटा स्वास्थ्य संस्थाका प्रमुखहरू सहभागी छन् । गोष्ठीमा गत आर्थिक वर्षको समिक्षा र आगामी वर्षको कार्ययोजना बनाइने बताईएकाे छ ।