सुर्यविनायक-धुलिखेल सडक निर्माणकाे काम राेकिदैन: अर्थमन्त्री
धुलिखेल । संघीय सरकारका अर्थमन्त्री डा. प्रकाशशरण महतले सुर्यविनायक-धुलिखेल सडक निर्माणकाे काम नराेकिने बताएका छन् ।
शुक्रबार जिल्ला समन्वय समिति काभ्रेपलान्चोककाे साताैं जिल्ला सभालाई सम्बाेधन गर्दै उनले सुर्यविनायकदेखि धुलिखेलसम्मकाे सडक निर्माणकाे काम नराेकिने बताएका हुन् । कार्यक्रममा बाेल्दै अर्थमन्त्री महतले भने केन्द्रीय सरकारकाे तर्फबाट बजेट दिईरहेका छाैं, बजेटका कारण सडक निर्माण कार्य राेकिदैन, त्याे अगाडि बढ्छ ।
कार्यक्रमका प्रमुख आतिथि समेत रहेका अर्थमन्त्री महतले देश संघीय संरचनामा गएकाे कारण सम्पूर्ण कामहरू अब केन्द्रीय सरकारले गरेर साध्य नहुने बताएका छन् । कुन प्राथमिकता प्राप्त क्षेत्र हाे र हाेईन भन्ने कुरा सूक्ष्म स्तरमा हेर्न पनि कठिन हुने भएकाले दैनिक जनतासँग जाेडिएका विषयवस्तुहरूलाई स्थानीय सरकारले सम्बाेधन गर्ने भन्दै प्राथिमिकतका आधारमा ठुला आयोजनाहरू केन्द्रीय सरकारले गर्ने, मध्यस्तरीय आयाेजनाहरू प्रदेश सरकारले गर्ने र साना आयाेजनाहरू स्थानीय सरकारले गर्नु पर्ने बताए । यही किसिमबाट जानु पर्छ भन्ने मान्यतामा संघीय संरचना भएकाे हाे । यद्यपि कानुनकाे अभावले गर्दा धेरै कुराहरू कार्यान्वयन गर्न अझै समस्या छ, अब ती कानुनहरू संसदमा पेश हुँदै छन् । कानुनहरू संघीय संरचना अनुसार लागु गरेछि धेरै अन्याेलहरूकाे समस्याको समाधान हुने समेत बताएका छन् ।
जिल्ला समन्वय समिति काभ्रेपलान्चोकका प्रमुख दिपक कुमार गाैतमकाे अध्यक्षतामा शुक्रबार काठमाडौं विश्वविद्यालयकाे अडिटाेरियम हलमा भएकाे साताैं जिल्ला सभामा विभिन्न कार्यमा उत्कृष्ठ भएका खानिखाेला गाँउपालिका, माहाभारत गाँउपालिका, बनेपा नगरपालिका र धुलिखेल नगरपालिकालाई सम्मान समेत गरिएकाे थियाे ।