आजबाट माओवादीकाे विशेष रूपान्तरण अभियान सुरू हुँदै

काठमाडौँ । जनतासँग माओवादी: विशेष रूपान्तरण अभियान ” जनजनमा माओवादी, घरघरमा माओवादी” को नारा दिएर सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले तीन महिने अभियान आजबाट सुरु गर्दैंछ ।

शुक्रवार पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्रले उक्त कार्यक्रमको तयारी पुरा भएको जनाएको छ । अभियानको प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आज बिहान ९ बजे उद्घाटन गर्दैछन् । आजबाट सुरु हुने अभियानकाे अध्यक्ष प्रचण्डले भर्चुअल माध्यमबाट सम्बोधन गर्नेछन् । ६ हजार ७ सय ४३ ओटै वडाहरूमा एक साथ अभियानकाे उद्घाटन हुनेछ ।

जनतासँग माओवादी रूपान्तरण अभियान अन्तर्गत माओवादीले केन्द्रीय सदस्यहरूलाई वडा तहसम्म पठाएकाे जनाएकाे छ । वडा तहसम्म खटिएका नेताहरूले कम्तीमा २५ लाख मतदातासँग प्रत्यक्ष भेटघाट गरी सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा गरेका काम कारबाहीहरूको जानकारी गराउने लक्ष्य माओवादीले लिएको छ ।

भर्चुअल माध्यमबाट सम्बोधन हुने उक्त अभिया जूम, फेसबुक, टुइटर, वेबसाईट र युट्युव लगायतका माध्यमबाट सुन्न र हेर्न सकिने माओवादी पार्टीले बताएकाे छ ।