झरनाको प्रवर्द्धन र विकासका लागि अवलोकन भ्रमण
राशी । काभ्रेको रोशी गाउँपालिका वडा नम्बर २ स्थित काफलडाँडामा अवस्थित तिनधारे झरनाको प्रवर्द्धन तथा विकासका लागि अवलोकन भ्रमण कार्यक्रम सम्पन्न भएको छ ।
झरनाको प्रवद्र्धन तथा विकासका लागि शनिबार रोशी गाउँपालिका वडा नम्बर २ ले अवलाेकन भ्रमण कार्यक्रम आयाेजना गरेकाे हो ।
पर्यटकीय स्थल तिनधारे झरनाको अवलेकन भ्रमण कार्यक्रममा बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामा, खानेपानी, उर्जा तथा सिंचाई मन्त्री तिर्थबहादुर लामा, उद्योग, वाणिज्य भूमी तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकार र संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनलगायतको सहभागीता रहेको थियो ।
झरनाकाे अवलोकन पश्चात आयोजित कार्यक्रममा बाेल्दै बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामा लामाले तिनधारे झरना काभ्रेको मात्र नभएर बागमती प्रदेशकै गौरबको पर्यटकीय स्थल बन्न सक्ने बताएका छन् । झरना संरक्षण र संवर्धनका लागि बागमती प्रदेश सरकार प्रतिबद्ध रहेको भन्दै झरनाको प्रवर्द्धन गर्न सके यस भेगको स्थानीयले आर्थिक उपार्जन गर्न सक्ने र आर्थिक समृद्धि हुने उनकाे भनाई थियाे ।
यस्तै, खानेपानी उर्जा तथा सिंचाई मन्त्री तिर्थ बहादुर लामाले पर्यटकीय स्थल तिनधारे झरनाको देशकै पर्यटकीय स्थलको रुपमा विकास गरेर लैजानुपर्ने भन्दै दाप्चा–फलामेसँघु–काफलडाँडा तिनधारे झरनासम्म सडक स्तरोन्नती हुने उनले बताए ।
साेही कार्यक्रममा बाेल्दै रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले रोशी पर्यटकीय क्षेत्रको प्रचुर सम्भावना भएको र रोशी चैतेपानीमा नेपालकै एक मात्र ठाउँमा पाईने १२ बर्षमा फूल्ने निलम्बरी फूल पाईने स्थान पनि भएको जानकारी दिए । उनले भूमेचुली डाँडा, तिनधारे झरना, हात्तीआहाल, ताराखसे लेक तथा पोखरी लगायत रोशी गाउँपालिका भित्र पर्यटकीय स्थल रहेको लामाले बताउदै ति स्थलहरूको विकास र प्रवर्द्धनका लागि गाउँपालिकाले मात्र सम्भव नभएकाले प्रदेश सरकारले सहयोग गर्नुपर्ने बताए ।
कार्यक्रममा रोशी गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाईबाले पनि रोशीको बिसमा सहयोग गर्नुपर्नेमै जोड दिए । पालिका समृद्ध हुदा जिल्ला समृद्ध हुने जिल्ला समृद्ध हुदा प्रदेश समृद्ध हुने र प्रदेश समृद्ध हुदा देश समृद्ध हुने भएकाले पालिका समृद्धमा सहयोग गर्न अनुरोध गरे ।
कार्यक्रम रोशी गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष हस्तमान लामाकाे अध्यक्षतामा भएकाे थियाे ।