बनेपामा फुड फेस्टिबल हुँदै

बनेपा । बनेपामा फुड फेस्टिबलका साथै नेवारी सुकुल भोज तथा साँस्कृतिक कार्यक्रम २०८० हुने भएकाे छ ।

काभ्रे होटेल तथा रेस्टुरेन्ट व्यवसायी संघ र काभ्रे पार्टी प्यालेस तथा क्याटरिङ संघको सयुक्त आयोजनामा फुड फेस्टिबल, नेवारी सुकुल भोज तथा साँस्कृतिक कार्यक्रम २०८० हुन लागेकाे हाे ।

फुड फेस्टिबल २०८० भाद्र २२ र २३ गते हुने साेमबार बनेपामा आयाेजित पत्रकार सम्मेलनमा बताइएकाे छ । कार्यक्रम भिमसेन मार्ग बनेपामा हुने जनाइएकाे छ । २ दिन चल्ने उक्त फुड फेस्टिबल जिल्लामा रहेका स्थानीय उत्पादनका परिकार माैलिक भेषभुषा सहितकाे संस्कृति परम्परालाई जगेर्ना गर्ने उद्देश्यका साथ आयाेजना गरिकाे काभ्रे पार्टी प्यालेस तथा क्याटरिङ संघका अध्यक्ष शिव तिमल्सिनाले बताए ।

साथै हरेक महिना काभ्रे जिल्लाका विभिन्न क्षेत्रहरूमा पनि घुम्ती कार्यक्रम अनुरूप यस्तै कार्यक्रम आयाेजना गरिने प्रेस विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

कार्यक्रममा नेवारी सुकुल भाेजमा करिब ८ सय जना र फुड फेस्टिबलमा करिब ५ हजार जना सहभागी रहने फुड फेस्टिबलका साथै नेवारी सुकुल भोज तथा साँस्कृतिक कार्यक्रम संयाेजक श्यामकुमार भालुले बताए ।