साँगाबाट ७ किलो चाँदीसहित भारतीय नागरिक पक्राउ
बनेपा । काभ्रेको साँगाबाट ७ किलो चाँदीसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।
बनेपाबाट पक्राउ गरिएकाे उक्त ७ किलो चाँदी पूर्वबाट काठमाडौं आउँदै गरेको सवारी चेकजाँच गर्ने क्रममा काठमाडौंबाट आएको सशस्त्र प्रहरी र राजस्व विभागको टोलीले पक्राउ गरेकाे हाे ।
पक्राउ परेका भारतीय नागरिक आश्विनी सर्राफ र चाँदीलाई काठमाडौं लगिदै गरिएकाे प्रहरीले जनाएको छ।