आयुर्वेदिक उपचार सेवा विस्तारको लागि स्थानीय तहले भुमिका खेल्नुपर्छ: प्रजिअ शर्मा
धुलिखेल । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काभ्रेपलान्चोकले आयुर्वेद सेवाकाे प्रवर्द्धन गर्न गरेकाे अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रुद्रादेदेवी शर्माले आयुर्वेदिक उपचार सेवा विस्तारको लागि स्थानीय तहले भुमिका खेल्नुपर्ने बताएकि छिन् । उनले सरोकारवाला सबै समक्ष यसबारे जानकारी पुर्याउनुपर्ने समेत बताइन् ।
बिहिवार धुलिखेलमा भएकाे उक्त अन्तरक्रिया कार्यक्रममा
बाेल्दै प्रमुख अतिथि समेत रहेकी शर्माले सेवा लिनेको संख्या बढाउनको लागि प्रचार प्रसार गर्नुपर्ने र घुम्ती सेवा दिनुपर्ने सुझाव दिईन् । शर्माले ‘प्रतिअसर नहुने, प्राचिन उपचार पद्धती’ आर्युवेदको बारेमा जनचेतना जगाउन आवश्यक रहेको पनि बताईन् ।
विगतका बर्षभन्दा यो बर्ष सेवा लिनेको संख्या बढेको छ, तर सेवाका प्रकार बढेका कारण संख्या बढेको हो, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काभ्रेका प्रमुख डा. वशवँवदाम्बा काैण्डित्र्यायनीले भनिन, ‘व्यक्ति र राज्य समेतको दृष्टिकोण फरक छ, सोही कारण अझ प्रभावकारी बनाउन सकिएको छैन ।
उनका अनुसार, आर्थिक बर्ष २०७९।८० मा ३१ हजार ७ सय ४२ जनाले बहिरंग सेवा लिएका छन् । ५ सय ३१ जनाले स्नेहन, स्वेदन अन्तर्गत ५ सय ६४ जनाले एकांग, ४६ जनाले सर्वागं, ९ जनाले नस्य, ५ जनाले शिरोधारा, २७ जनाले स्थानिक भास्ती, ३ हजार ४ सय ८७ जनाले थेरापेटिक योगा, १ हजार ९ सय ५६ जनाले प्रवद्र्धनात्मक योगा, १ हजार ४१ जनाले अक्युपञ्चर, ७३ जनाले अक्युप्रेसर, २ सय ६७ जनाले कपिङ सेवा लिएको केन्द्रले जनाएको छ । ६ सय ४८ जना स्तनपायी आमालाई दुधवद्र्धक खानेकुरा, ९ हजार ६३ जना जेष्ठ नागरिकलाई सेवा र २ हजार १ सय ११ वटा प्रयोगशाला परिक्षण समेत गरिएको छ । जिल्लाको धुलिखेल, दाप्चा, मंगलटार र बालुवामा रहेको आयुर्वेदिक औषधालय र बेथानचोक, भुम्लु, पनौती र मण्डनदेउपुरमा रहेका नागरिक आरोग्य केन्द्रमार्फत पनि सेवा दिइरहेको छ ।
आयुर्वेद चिकित्सक डा. कौण्डिन्यायनीले श्रोत र साधन अभावको कारण सेवा विस्तार गर्न सम्भव नभएकोे बताउनुभयो । ‘सिमित श्रोत र बजेट छ, निशुल्क आउने २३ प्रकारका औषधी पनि सिमित छ, माग अनुसार आपुर्ति हुदैन । उनले थपिन, ‘सिमित रिअजेन्टका कारण भनेजसरी प्रयोगशाला परिक्षण सेवा समेत दिन सकेका छैनौं ।
यस्तै, कविराज निरिक्षक प्रताप लामाले आर्थिक वर्ष २०८०/८१ काे कार्यक्रम तथा याेजनाबारे जानकारी दिदैं आयुर्वेद स्वास्थ्य केन्द्रमा मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम लगायतका महत्वपूर्ण कार्यक्रम लागू भएको जानकारी दिएका छन् । औषधालयमा पेटसम्बन्धी अम्लपित्त, ग्यास्ट्रिक, श्वासप्रश्वास सम्बन्धी रोग, बाथ, मिर्गाैला सम्बन्धी रोग, नाककान घाँटी लगायतका रोग सम्बन्धी सेवा प्रदान गर्ने गरिएको छ । ज्येष्ठ नागरिकको लागि स्वास्थ्य प्रवद्र्धन कार्यक्रम अन्तर्गत रसायन वर्धक औषधि वितरण गर्ने र पोषण सेवा अन्तर्गत (स्तनपायी) सुत्केरी भइसकेपछि बच्चाका लागि पर्याप्त मात्रामा दुध उत्पादन नहुने महिलाहरूका लागि स्वास्थ्य प्रवद्र्धन गर्न स्तन्यवर्धक औषधि वितरण, हाडजोर्नी र बाथ रोगका बिरामीका लागि पूर्वकर्म थेरापी लगायतका कार्यक्रम सञ्चालन गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बनेपाका कविराज निरिक्षक लामाले बताए ।
पछिल्लो समय आयुर्वेदतर्फ नागरिकको विश्वास बढेको पाइएको छ । कम खर्चिलो र आयुर्वेदिक औषधिले अन्यले भन्दा स्वास्थ्यमा कम असर गर्ने विश्वाससँगै आयुर्वेदप्रति जनताको आकर्षण बढ्दै गएको हो ।