पाकिस्तान विरुद्ध भारतको जित
अहेमदाबाद । भारतमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले पाकिस्तानलाई ७ विकेटले पराजित गरेको छ ।
टस हारेर पहिले ब्याटिङ आमन्त्रण पाएको पाकिस्तानले सुरुवाती राम्रो गरेपनि पछिल्लो ३० औं ओभरपछि एकाएक विकेट गुमाउन थालेको थियो । पाकिस्तानले ४२ ओभर ५ बलमा सबै विकेट गुमाएर मात्र १९१ रन बनाउन सकेको थियो । जसका लागि कप्तान बाबर आजमले ५० रन बनाएका थिए । भारतका लागि जसप्रित बुमराह, मोहम्मद सिराज, हार्दिक पाण्ड्या, कुलदीप यादव र रविन्द्र जडेजाले २–२ विकेट लिएका थिए ।
जवाफी ब्याटिङमा भारतले ३० ओभर ३ बलमा विजयलक्ष्य हासिल गरेको थियो । जसका लागि कप्तान रोहित शर्माले ८६ र श्रेयस ऐअरले अविजित ५३ रन बनाएका थिए ।
यो सँगै भारत तालिकाको शीर्षस्थानमा उक्लिएको छ ।