काभ्रेमा ट्रिपर सञ्चालनमा रोक
बनेपा । विजया दशमीको अवसरमा यही कार्तिक २ गतेदेखि १३ गतेसम्म ट्रिपर सञ्चालनमा रोक लगाएको छ ।
जिल्ला प्रशासन कार्यालय काभ्रेले सूचना जारी गर्दै काभ्रे जिल्ला भित्र तथा जिल्ला भित्रको अरनिको र विपि राजमार्गमा कार्तिक २ गते बिहान ५:०० बजेदेखि कार्तिक १३ गते राति ९:०० बजेसम्म सबै निर्माण व्यवसायीका ट्रिपर सञ्चालनमा रोक लगाएको हो ।
काभ्रे जिल्ला भएर बिभिन्न जिल्लामा जाने सवारी साधनको बाक्लो आवतजावत र ट्राफिक व्यवस्थापन गर्न जटिलता उत्पन्न भई यात्रा सहजीकरणको लागि सर्वपक्षीय वैठकको निर्णयानुसार ट्रिपर सञ्चालनमा रोक लगाएको हो ।