राजश्व छली गरेर ल्याएको ९२ बोरा चिनी सहित ट्रक पक्राउ

बनेपा । पनौती-बनेपा सडकखण्डमा चेक जाँचको क्रममा राजश्व छली ल्याएको चिनी र धान प्रहरीले बरामद गरेको छ ।

बिहिबार ईलाका प्रहरी कार्यलय बनेपाबाट खटिएको प्रहरी टोलीले जिल्ला काभ्रेपलाञ्चोक बनेपा न.पा.वडा नं.७ स्थितमा अरनिको राजमार्ग सडक खण्डमा सवारी साधन चेकजाँच गर्ने क्रममा पनौतीबाट बनेपा तर्फ आउदै गरेको ना.६ ख.६२१९ नं. को ट्रक रोकी चेकजाँच गर्दा राजश्‍व छली गरी धानको बोराले छोपी लुकाई छिपाई गरी अबैध रुपमा ल्याएको ५० किलोको ९२ बोरा चिनी अ.५,९८,०००, (पाचँ लाख अन्ठानब्बे हजार) र धान २८ बोरा अ. ४२,००० (बयालिस हजार) फेला परेको प्रहरीले जनाएको छ ।

उक्त चिनी खरिद गरेको निज राजु तिमल्सिनासंग कुनैपनि कागजात नरहेको हुँदा अबैध चिनी ओसार पसार गर्न प्रयोग गरिएको ना.६ ख. ६२१९ नं. को ट्रक, उक्त चिनी र धान कानुनको रित पुर्‍याई बरामद गरिएको प्रहरी कार्यालयले बनेपाले जनाएको छ ।

अबैध रुपमा राजश्व छली गरी लिई आउने राजु तिमल्सिना र ट्रक नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाईएको प्रहरीले जनाएको छ ।