वडा दशैंको टिकाको दिनमा नेपाल प्रहरीको निःशुल्क बस सेवा
काठमाडौं । कार्तिक ७ गते यानकी वडा दशैंको विजयादशमी तथा टिकाको दिन नेपाल प्रहरीले काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा प्रदान गर्ने भएको छ ।
सर्वसाधारणको सुविधा र सहज आवतजावतको लागि टिकाको दिन दुई वटा रुटमा निःशुल्क बस सेवा प्रदान गर्न लागिएको हो । बिहान ८ः३० र दिउँसो ४ः०० बजे दुई सिफ्टमा दुई वटा रुटमा निःशुल्क बस सेवा सञ्चालन हुने नेपाल प्रहरीले जनाएको छ ।
पहिलो रुट नं. १ नक्सालबाट सुरु भई बालुवाटार, टिचिङ्ग, नयाँ बसपार्क, बालाजु, कलंकी, वल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक, जयनेपाल हल हुँदै नक्सालमा गएर टुङ्गिनेछ ।
यस्तै, रुट नं. २ नक्सालबाट सुरु भई रातोपुल, गौशाला, एयरपोर्ट, कोटेश्वर, ठिमी हुँदै सुर्यविनायक पुनः सुर्य विनायकबाट फर्की कोटेश्वर, गौशाला, चावहिल, सुकेधारा, चक्रपथ, टिचिङ्ग, बालुवाटार हुँदै नक्सालमा गई टुङ्गिनेछ ।