श्रीलंकासँग इङ्गल्याण्ड ८ विकेटले पराजित
बैंग्लोर । भारतमा जारी एकदिवसीय क्रीकेट विश्वकपमा श्रीलंकाले इङ्गल्याण्डलाई ८ विकेटले पराजित गरेको छ ।
टस जितेर पहिले ब्याटिङ्ग गरेको इङ्गल्याण्ड ३३ ओभर २ बलमा मात्र १५६ रनमा समेटिएको थियो । श्रीलंकाको लागि लाहिरु कुमाराले ३ तथा कासुन रजिथा र अन्जेलो म्याथ्युजले २-२ विकेट लिएका थिए । इङ्गल्याण्डका लागि बेन स्टोक्सले ४३ रन, जोनी बेर्स्टोले ३० र डेभिड मलानले २८ रन बनाएका थिए ।
जवाफी ब्याटिङ्गमा श्रीलंकाले १५७ रनको विजयलक्ष्य २५ ओभर ४ बलमा मात्र २ विकेटको क्षतिमा पूरा गरेको थियो । श्रीलंकाको लागि पाथुम निसंकाले अविजित ७७ र सदिरा समाराविक्रमाले अविजित ६५ रन बनाएका थिए भने इङ्गल्याण्डको तर्फबाट डेबिड विल्लीले २ विकेट लिएका थिए ।
जितसंगै श्रीलंका ५ खेलमा ४ अंकसहित अंक तालिकाको पाँचौ स्थानमा पुगेको छ भने ५ मध्ये एक खेल मात्र जितेको इङ्गल्याण्ड नवौं स्थान झरेको छ ।
क्रीकेट विश्वकप अन्तर्गत भोलि पाकिस्तानले दक्षिण अफ्रीकाको सामना गर्नेछ ।