नेपाली क्रीकेट खेलाडीलाई अर्ना वियरले धमाकेदार उपहार दिने

काठमाण्डौं । यही कार्तिक १३ गतेदेखि शूरू हुने टी-ट्वाण्टी क्रीकेट विश्वकप छनौटमा नेपाली क्रीकेट खेलाडीलाई अर्ना वियरले धमाकेदार उपहार दिने भएको छ ।

कार्तिक १३ गते बिहान ९:०० बजे सिङ्गापुर विरूद्ध, कार्तिक १४ गते दिउँसो १:३० बजे मलेशिया विरूद्ध र कार्तिक १६ गते बिहान ९:०० बजे ओमन विरुद्धको खेलहरूमा नेपाली खेलाडीको प्रत्येक रन र प्रत्येक बलमा अर्ना वियरले धमाकेदार उपहार दिने अर्ना वियरको अफिसियल फेसबुक पेज मार्फत घोषणा गरेको छ ।

नेपाली टोलीको ब्याटिङ्गतर्फ प्रत्येक १ रन बराबर रू. १ हजार, प्रत्येक चौकामा रू. १० हजार र प्रत्येक छक्कामा रू. २० हजार दिइने बताइएको छ भने बलिङ्गतर्फ पनि प्रत्येक डटबलमा रू. १ हजार, प्रत्येक मेडियन ओभरमा रू. १० हजार र प्रत्येक विकेटमा रू. २५ हजार उपहार अर्ना वियरले प्रदान गरिने घोषणा गरेको छ ।

नेपाली क्रिकेट टिमलाई हौसला प्रदान गरेर आफ्नो क्षेत्रबाट क्रिकेट विकास र खेलाडीलाई आत्मबल बढाउन अर्ना वियरको यो कदमले खेलाडीमा हौसला थपिनेछ ।

समूह चरणमा नेपालले ३ खेल खेल्नेछ । कम्तिमा २ खेलमा जित हात पारेमा सेमिफाइनल पुग्नेछ भने फाइनलमा स्थान बनाउन सके टी-ट्वाण्टी क्रीकेट विश्वकपमा नेपाल छनौट हुनेछ ।