अब क्याच र रनआउट गर्नेलाई पनि २५ हजार नगद दिने अर्ना वियरको घोषणा

काठमाडौं । काठमाण्डौंमा जारी टी–ट्वान्टी विश्वकप क्रिकेट छनौट प्रतियोगिता अन्तर्गतको खेलहरुमा नेपाली खेलाडीलाई क्याच आउट र रन आउट गरे वापत पनि अर्ना वियरले २५ हजार नगद पुरस्कार दिने भएको छ ।

आज अर्ना वियरको अफिसियल फेसबुक पेज मार्फत खेलमा क्याच आउट गरेमा बलर बाहेकको अन्य खेलाडीलाई प्रति क्याच नगद रु २५ हजार दिने घोषणा गरेको हो । जुन खेलाडीले बलिङ्ग गर्छ, उसैले क्याच गरेको अवस्थामा भने क्याच गरे वापतको रकम प्रदान गरिनेछैन ।

यस्तै, फिल्डिङ्गको क्रममा रनआउट गरेमा सिधै स्टम्पमा लागेर रनआउट भएमा रन आउट गर्नेलाई २५ हजार नगद प्रदान गरिनेछ । तर, फिल्डिङ्गमा रहेको खेलाडीले थ्रो गरी अर्काे खेलाडीले स्टम्पमा हानेको अवस्थामा भने दुवै खेलाडीले समान १२ हजार ५ सय नगद पुरस्कार पाउनेछ ।

यसअघि अर्ना वियरले बलिङ्ग र ब्याटिङ्गमा नगर पुरस्कार घोषणा गरेको थियो भने हिजो भएको खेलमा अर्ना वियरले ६ हजार ६४ हजार बराबर पुरस्कार प्रदान गर्ने भएको छ ।