दोस्रो खेलमा अर्ना वियरको साँढे ८ लाख नगद पुरस्कार

काठमाडौं । आज भएको टी–ट्वान्टी विश्वकप क्रिकेट छनौट प्रतियोगितामा नेपाली क्रिकेट खेलाडीले अर्ना वियरबाट साँढे ८ लाख पाउने भएको छ ।

अर्ना वियरले ब्याटिङ्ग, बलिङ्ग र फिल्डिङ्गलाई मध्यनजर गर्दै नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेको थियो । सोही बमोजिम आजको खेलमा ४ चौका र ७ छक्का सहित ६५ रन बनाएका कुशल मल्लले १ क्याच आउट सहित गरेर २ लाख ५४ हजार पाउने भएका छन् ।

त्यस्तै, ४ चौका र ४ छक्का सहित ४३ रन बनाएका कुशल भुर्तेलले २ वटा क्याच लिँदा उनले २ लाख १३ हजार नगद पुरस्कार पाउने भएका छन् भने १ चौका र २ छक्का सहित ३२ रन बनाएका आशिफ सेखले दुई वटा रन आउन साझेदारीमा गर्दा १ लाख ७ हजार पाउने भएका छन् ।

बलिङ्गतर्फ ४ ओभरमा ९ डटबल र ४ विकेट गरी १ लाख ९ हजार पाउने भएका छन् । अन्य खेलाडीहरुमा गुल्सन झाले ४४ हजार ५ सय, सन्दीप जोराले ३८ हजार, सन्दीप लामिछानेले ३५ हजार, कप्तान रोहित पौडेलले ३२ हजार, करण के.सी.ले १९ हजार ५ सय र विवेक यादवले २ हजार पाउने भएका छन् ।

समग्रमा मलेशिया विरुद्धको आज भएको दोस्रो खेलमा अर्ना वियरले ८ लाख ५८ हजार नेपाली क्रिकेट खेलाडीहरुलाई प्रदान गर्नुपर्नेछ ।