ओमनद्वारा नेपाल सामु १ सय ४६ रनको चुनौती

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको टी–ट्वान्टी विश्वकप क्रिकेट छनौट अन्तर्गत समुहचरणको अन्तिम खेलमा ओमनले नेपाल सामु १ सय ४६ रनको विजयलक्ष्य प्रस्तुत गरेको छ ।

टस हारेर पहिले ब्याटिङ्ग आमन्त्रण पाएको ओमनले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४५ रन बनाएको थियो । ओमनका लागि कप्तान जिसन मकसुदले ३२ रन, नसिम खुसीले २५ रन, प्रतिक अथवलेले २४ रन र साकिल एहमदले अविजित २२ रन बनाएका थिए ।

नेपालको लागि करन के.सी. ले ३ तथा सोमपाल कामी र सन्दीप लामिछानेले २–२ विकेट लिए । यस्तै, गुल्सन झा र अविनाश बोहराले १–१ विकेट लिए ।

ओमन र नेपाल बीचको यस खेलको विजेता समुह विजेता हुनेछ भने यी दुवै राष्ट्रले सेमिफाइनलमा स्थानमा बनाइसकेका छन् ।