नेपाल सम्बत् ११४४ काे अवसरमा भिन्तुना पनाैती सम्पदा र्‍याली हुने

पनौती । नेपाल सम्बत् ११४४ काे अवसरमा भिन्तुना पनाैती सम्पदा र्‍याली हुने भएकाे छ ।

पनाैती नेपाल र पनाैती नेपाल महिला समूहकाे आयाेजनामा गाेवर्धन पूजाका दिन हुने भिन्तुना पनाैती सम्पदा र्‍यालीमा पनाैती आसपासका क्षेत्रहरूमा रहेका विभिन्न साँस्कृतिक झाँकीहरू, बाजा, नृत्य, विभिन्न जातजातिका भेषभूषा आदिलाई कार्यक्रममा सहभागी गराई सहभागीहरूमा विभिन्न झाँकीहरूकाे जानकारी गराउने तथा प्रबर्द्धन र प्रचार गर्ने कार्यक्रमकाे उद्देश्य रहेकाे बताईएकाे छ ।

साथै, आफ्नाे परम्परा र संस्कृतिकाे जर्गेना गर्ने लक्ष्यका साथ हुन लागेकाे साे र्‍यालीमा पनाैतीकाे संस्कृतिहरूलाई विश्व बजारमा पहिचान गराउने कार्यक्रमकाे उद्देश्य रहेकाे पनाैती नेपालका अध्यक्ष निवास श्रेष्ठले बताए ।

विविध जाति, धर्म, संस्कृति रहेकाे पुरातन नगर पनाैतीमा विगत ११ वर्षदेखि हुदैं आएकाे भिन्तुना र्‍यालीकाे १२ आैं संस्करण आगामी कार्तिक २८ गते हुने साेमबार पनाैतीमा आयाेजित पत्रकार सम्मेलनमा बताईएकाे छ । संस्थाले पनौती क्षेत्रको ऐतिहासिक महत्वका विषयमा जर्गेना गर्ने र पनाैतीमा भएका झाँकीहरू, कला संस्कृतिहरूलाई पहिचान गराउने कार्यमा विभिन्न क्रियाकलाप गर्दै आएकाे छ ।