क्यान्सरको रोकथाम सम्बन्धी सचेतना कार्यक्रम

बनेपा । अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गरी क्यान्सर राेग तथा पाठेघरकाे मुखकाे क्यान्सरकाे राेकथामका बारेमा सचेतना कार्यक्रम समपन्न भएकाे छ ।

काभ्रे बहिरा विकास संघ, NACCF/ACCF र Cuny Gruaduate of Public Health Management (field work-PUBG 699) काे आयाेजनामा एक दिने क्यान्सर राेग तथा पाठेघरकाे मुखकाे क्यान्सरकाे राेकथाम बारेमा सचेतना कार्यक्रम भएकाे हाे ।

काभ्रे बहिरा माध्यमिक विद्यालय बनेपामा भएकाे साे सचेतना कार्यक्रममा ४० जनाकाे सहभागी रहेकाे थियाे । अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गरी संचालन गगिएकाे कार्यक्रममा सत्यश्वर मकै श्रेष्ठले प्रशिक्षक दिएका थिए ।

कार्यक्रम Cuny Gruaduate of Public health management(field work-PUBG काे विद्यार्थी राधाप्यारी नकर्मीकाे सहजीकरण र समन्वय तथा संचालन कृष्णप्यारी नकर्मीले गरेकि थिईन् । कार्यक्रम अपांगता भएका व्यक्तिहरूलाई जानकारीमूलक र प्रभावकारी भएकाे सहभागीहरूले बताए ।