काभ्रेमा साँढे ९ बजेपछि देउसी-भैलो कार्यक्रम गर्न निषेध

धुलिखेल । आउँदै गरेको शुभ दीपावलीको अवसरमा काभ्रेपलाञ्चोक जिल्लामा राति ९:३० बजे पछाडी देउसी-भैलो कार्यक्रम गर्न निषेध गरिएको छ ।

आज जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले एक सूचना जारी गरी नजिकिँदै गरेको शुभ-दीपावलीमा देउसी-भैलो कार्यक्रम राति ९:३० बजे पछाडी सञ्चालन नगर्न अनुरोध गरिएको छ ।

चाडपर्वको अवसर पारेर हुन सक्ने चोरी, ठगी, गैरकानूनी, अवैध कारोबार तथा क्रियाकलापहरूबाट सचेत हुन, पटका, आरिसवाजी जस्ता प्रज्वलनशील एवम् विस्फोटक पदार्थ उत्पादन, ओसारपसार तथा बिक्रिवितरणका साथै प्रयोग नगर्न समेत बताइएको छ ।

जिल्ला प्रशासन कार्यालय, काभ्रेले शुभ दीपावली, छठ पर्व र नेपाल सम्वत लगायत पर्वहरूको पावन अवसरमा सबै जिल्लावासीमा सुख, शान्ति, सम्बृद्धि, सुस्वास्थ्य र दीर्घायूको कामना समेत गरेको छ ।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकको सूचना हेर्नुहोस्: