‘के घर के डेरा’ चलचित्र युट्युबमा सार्वजनिक
बनेपा । नेपाली चलचित्र ‘के घर के डेरा’ हिजो युट्युवमा सार्वजनिक गरेको छ ।
जी२१ डिजिटल च्यानलबाट युट्युबमा सार्वजनिक गरिएको उक्त चलचित्र हालसम्म १७ घण्टाको अन्तरमा ६ लाख ६४ हजार जनाले हेरिसकेका छन् भने हाल ५औं ट्रेन्डिङ्गमा पुगिसकेको छ ।
काठमाडौंमा घर घएका घरबेटी र घर वहालमा बस्ने डेरावाला बीचको सम्बन्धसँगै घर भएका र नभएकाहरुलाई आइपर्ने समस्याहरुको कथन गरिएको उक्त चलचित्र पूरा मनोरञ्जनात्मक रहेको बताइएको छ ।
चलचित्रमा दयाहाङ राई, विपिन कार्की, सुरक्षा पन्त, वर्षा राउत, रविन्द्र झा, असान्त शर्मा, लक्ष्मी गिरी, प्रभाकर न्यौपाने र बाल कलाकार आयुषी ढकालको अभिनय रहेको छ ।
सिङ्गे लामाको कथा र दिपेन्द्र के. खनालको निर्देशनमा रहेको चलचित्र शरद श्रेष्ठ, राजिव श्रेष्ठ र किरण महर्जनले निर्माण गरेका हुन् ।
चलचित्र हेर्नलाई यहाँ क्लिक गर्नुहोस् ।