माइतीघर-बानेश्वरमा निषेधाज्ञा, पाँच जना भन्दा बढी भेला हुन नपाउने

काठमाण्डौं । जिल्ला प्रशासन कार्यालय, बबरमहल, काठमाण्डौँले माइतीघरदेखि बानेश्वरसम्मको क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

प्रशासनले आज एक सूचना जारी गर्दै आजदेखि आगामी ३० दिनसम्म पद्मोदय मोडदेखि सिंहदरबार पश्चिम गेट, सर्बोच्च अदालत हुँदै माइतीघर मण्डलाको चारैतर्फ र माइतीघर मण्डलादेखि बबरमहर-बिजुलीबजार पुलदेखि नयाँ बानेश्वर चोकसम्म निषेधित क्षेत्र तोकेको छ ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) बमोजिम पाँच जनाभन्दा बढि व्यक्ति भेला भैइ जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभा जस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरेको जिल्ला प्रशासन कार्यालय, काठमाण्डौंले आदेश जारी गरेको छ ।

एक वा सो भन्दा बढी समुहद्वारा एकै मिति, समय र स्थानमा भेला जम्मा भई अनसन, धर्ना, घेराउ र विरोध प्रदर्शन जस्ता कार्यक्रमहरू आयोजना गर्दा आपसी विवाद, झैझगडा, मुठभेड एवम् भिडन्त भैइ शान्तिसुरक्षा भङ्ग हुन सक्ने भएकोले निषेधाज्ञा लगाइएको सूचनामा बताइएको छ ।

जिल्ला प्रशासन कार्यालय, काठमाण्डौंको सूचना: