धुलिखेल अस्पतालमा अन्तर्राष्ट्रिय सम्मेलन हुँदैं
धुलिखेल । काभ्रेको धुलिखेल अस्पतालमा प्रथम अन्तर्राष्ट्रिय दैवीप्रकोप पूर्वतयारी एवं व्यवस्थापन सम्मेलन हुने भएकाे छ ।
भारतका १० जना र नेपालकाेतर्फबाट करिब ५० अस्पतालका प्रतिनिधि गरि करिब १ सय ५० जनाकाे सहभागीतामा हुने विपद् व्यवस्थापन सम्बन्धि साे प्रथम अन्तर्राष्ट्रिय दैवीप्रकोप पूर्वतयारी एवं व्यवस्थापन सम्मेलन भाेलि शुक्रबारबाट हुने धुलिखेल अस्पतालकी ईमर्जेन्सी विभाग प्रमुख डा. सम्झनाले श्रेष्ठले बताईन् ।
शुक्रबारबाट धुलिखेल अस्पतालकाे अडिटेरियम हलमा संचालन हुने ३ दिने सम्मेलन आगामी आईतबार बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीकाे आतिथ्यतामा समापन हुने अस्पतालका मिडिया एवं कम्युनिकेशन चिफ डा. सुमनराज ताम्राकारले बताएका छन् ।
सम्मेलनमा विपद् पश्चातकाे उपचारका क्रममा अस्पताल, स्वास्थ संस्था र स्वास्थ्यकर्मी लगायतले अपनाउनु पर्ने पूर्वतयारी र व्यवस्थापन सम्बन्धि तालिम र साे बिषयमा छलफल हुने बिहिबार अस्पतालमा आयाेजित पत्रकार सम्मेलनमा जनाईएकाे छ ।
कार्यक्रममा बिषय विज्ञहरूबाट विपदमा अपनाउनु पर्ने साबधानी, उपचारकाे पद्धति लगायतका साथै उपचारमा हुनु पर्ने विभिन्न पक्षका बारेमा सचेतना जस्ता बिषयवस्तुमा सम्मेलन केन्द्रीत हुने जनाईएकाे छ ।