काभ्रेको रेयूकाई आँखा अस्पतालमा अन्तराष्ट्रिय नेत्र राेग विशेषज्ञ सम्मेलन हुने

बनेपा । काभ्रेको बनेपास्थित रेयूकाई एईकाे मासुनागा आँखा अस्पतालमा अन्तराष्ट्रिय नेत्र राेग विशेषज्ञ सम्मेलन हुने भएकाे छ ।

रेयूकाई एईकाे मासुनागा आँखा अस्पतालले आगममी मसिंर २२ र २३ गते अन्र्तराष्ट्रिय नेत्र राेग विशेषज्ञ सम्मेलनको आयोजना गर्ने भएको हाे ।

अस्पतालले सोहि अन्तराष्ट्रिय नेत्र राेग विशेषज्ञ सम्मेलन कै अवसरमा अस्पतालको नव निर्मित ब्लकको उद्घाटन समेत गर्ने भएकाे छ । सम्मेलनमा अमेरिका र नेपालका गरि करिव १ सय ५० जना नेत्र विशेषज्ञहरु सहभागि हुनेछन् ।

सम्मेलनकाे पहिलो दिन नव निर्मित ब्लकको स्वास्थ्यमन्त्रीबाट उद्घाटनसंगै कार्यक्रमकाे शुभारम्भ हुने अस्पतालका प्रशासकिय प्रमुख हिरामणी शर्माले बताका छन् ।

सन् २००७ मा स्थापना भएको उक्त अस्पतालले २०२३ सम्ममा १० लाख सेवाग्राहीलाई ओपिडी सेवा उपलब्ध गराएको र ५ जना विशेषज्ञ डाक्टरहरुद्वारा नियमित सेवा प्रदान गर्दै आएको जनाईएकाे छ । अस्पतालले काभ्रेको भकुण्डेसहित सिन्धुपाल्चोकको खाँडीचौर र जनकपुरकाे ढल्केबरमा समेत सेवा उपलब्ध गराउँदै आएको छ भने ३ वटा उपचार केन्द्र र ३ वटा आँखा अस्पताल संचालन गरेको छ ।

अस्पतालकी मेडिकल डाईरेक्टर डा. रुची श्रेष्ठले अस्पतालले पहिलो पटक बनेपा नगरपालिकाका विद्यालय स्तरका २४ हजार बालबालिकाहरुको आँखा निशुल्क परिक्षण गरेकाे बताउँदै बनेपास्थित अस्पतालमा मात्रै एकै दिन ४ सय जनालाई ओपिडी सेवा उपलब्ध गराएको बताईकी छिन् ।