रेयूकाई आँखा अस्पतालमा अन्तर्राष्ट्रिय नेत्र विशेषज्ञ सम्मेलनसंगै नयाँ ओपिडी भवनको उद्घाटन

बनेपा । काभ्रेको बनेपामा रहेकाे रेयूकाई एईकाे मासुनागा आँखा अस्पतालमा नव निर्मित नयाँ ओपिडी भवनको उद्घाटनसंगै अन्तर्राष्ट्रिय नेत्र विशेषज्ञ सम्मेलन सुरु भएको छ ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अस्पतालमा निर्मित नयाँ ओपिडी भवन र सम्मेलनको उद्घाटन गरेका हुन् ।

कार्यक्रमका प्रमुख आतिथि समेत रहेका स्वास्थ्यमन्त्री बस्नेतले अस्पतालमा चाहिने ३ तत्व दक्ष जनशक्ति, भवन र स्वास्थ्य उपकरण भयाे भने बिरामी आउने बताएका छन् । नेपालको संविधानकाे धारा ३५ मा जनताकाे स्वास्थ्य, शिक्षा, खाद्यायवस्तु माैलिक हकसंग जाेडिएकाेले अब काेही पनि गरिब, विपन्न, व्यवहारीसे मान्छे पैसा नभकै कारण उपचार गर्न नपाएर मर्दैन, त्यसकाे जिम्मा राज्यले दिनुपर्छ, उनकाे भनाई थियाे । उनले थपे – चिकित्सा शिक्षा एनलाई परिस्थितिकाे माग, अस्पतालको माग र बिरामीको माग अनुसार त्यसकाे माग पूरा गर्न सकेनौं भने र नेपाल यही अवस्थामा रहिरह्याे भने ५ वर्ष पछि डाक्टर र नर्स अब नेपालमा पाइदैन । त्याे अवस्था सिर्जना भै सक्या छ । त्यसकारण, चिकित्सा शिक्षा एेनमा पनि संसोधनमा लानुपर्नेछ ।

मन्त्री बस्नेतले मन्त्रालयले १ सयदेखि ३ सयसम्म बेड चलाएका अस्पतालहरूलाई नर्सिङ फार्मासिस्ट र ३ सय बेड भन्दा माथीका अस्पतालहरूलाई एमबिबिएससम्म पढाउने उनुमति दिने निर्णय गरेकाे भन्दै त्यसका लागि सरकारले प्रक्रिया अगाडि बढाउने बताएका छन् । साथै, उनले नेपालमा आँखा राेगीहरूकाे संख्यालाई हेर्ने हाे भने आँखाका चिकित्सकहरू अप्रयाप्त रहेकाे समेत बताएका छन् ।

अस्पतालका अधयक्ष मधु प्रसाद आचार्यकाे अध्यक्षतामा भएकाे कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक कुमार गौतम, प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्य लगायतको उपस्थिति रहेको थियाे ।

सन् २००७ मा स्थापना भएको उक्त अस्पतालले हालसम्म ५ जना विशेषज्ञ डाक्टरहरुद्वारा नियमित सेवा प्रदान गर्दै १० लाख सेवाग्राहीलाई ओपिडी सेवा उपलब्ध गराएको र बनेपास्थित अस्पतालमा मात्रै एकै दिन ४ सय जनालाई ओपिडी सेवा उपलब्ध गराउँदै आएकाे जनाईएकाे छ । अस्पतालले काभ्रेको भकुण्डेसहित सिन्धुपाल्चोकको खाँडीचौर र जनकपुरकाे ढल्केबरमा समेत सेवा उपलब्ध गराउँदै आएको छ भने ३ वटा उपचार केन्द्र र ३ वटा आँखा अस्पताल संचालन गरेको छ ।

२ दिनसम्म चल्ने अन्तर्राष्ट्रिय नेत्र विशेषज्ञ सम्मेलनमा अमेरिका लगायत नेपालका गरि करिव १ सय ५० जना नेत्र विशेषज्ञहरू सम्मेलनमा सहभागी रहेका छन् । सम्मेलनमा विश्वभर भईरहेका अभ्यास तथा अनुभव र आगामी दिनमा हुन सक्ने सम्भावित चुनौतीका बारेमा छलफल हुने बताईएकाे छ ।