धुलिखेलमा योमरी जात्रा हुँदैं
धुलिखेल । धुलिखेलमा योमरी जात्रा २०८० हुने भएकाे छ ।
लाक्षी महिला समूहकाे आयाेजनामा हुन लागेकाे धुलिखेल योमरी जात्रा २०८० आगामी १० गते मंगलवार नारायणस्थान लाछी डबली, धुलिखेलमा हुने भएकाे हाे । योमरी जात्रा विहान १० बजे देखि साझ ८ बजेसम्म हुने आईतवार धुलिखेलमा आयाेजित पत्रकार सम्मेलनमा जनाईएकाे छ ।
जात्रामा विभिन्न प्रकारका योमरीका परिकारहरुका साथै अन्य नेवारी परिकारहरुको फुड स्टलहरु रहने छन् । साथै, जात्रामा नेवारी कला संस्कृति झल्कने विभिन्न सास्कृतिक प्रस्तुतिहरु समेत रहनेछन् ।
धुलिखेल नगरपालिका वडा नम्बर ७ का केहि महिला दिदिवहिनीहरुको सक्रियतामा २०७४ मा यस लाछी महिला समुहको स्थापना भएको थियाे । याेमरी पुन्हि हेमन्त ऋतु बखत नेपाल सम्बतको दोस्रो महिना थिंलाको पूर्णिमा पहिलो पूर्णिमा अर्थात धान्य पूर्णिमाको दिनमा नेवार जातिले मनाउने पर्व हो । यो पर्व विशेषत नेवार समुदायले मनाउने गर्दछन । यो दिन विशेष प्रकारको परिकार (याेमरी) बनाएर खाने गर्दछन ।
जात्रामा धुलिखेल, बनेपा, पनौती, नमोवुद्ध, पाँचखाल लगायतका करिव एक हजार भन्दा बढीले अवलोकन गर्ने बताईएकाे छ ।